वागमतीमा मुख्यमन्त्री नछोडने नेकपा एसको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको हो ।वागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् ।

सहमति अनुसार वागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन् । बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

‘वागमती प्रदेशका बारेमा आवश्यक छलफल हुन्छ । यदि छाड्नैपर्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो स्वतः दाबी रहन्छ ’, एक नेताले भने, ‘त्यो बाहेक अन्य विकल्प पनि सोच्न सकिन्छ । मुख्य कुरा गठबन्धनलाई कसिलो बनाउँदै लैजाने भन्ने कुरा नै हो ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...