एमाले अध्यक्ष ओलीको यस्तो छ धान रोप्ने कार्यक्रम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले रोपाईंमा सहभागी हुनुहुने भएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा बुधवार आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो ।

किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुहुनेछ । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भन्नुभयो ।

उहाँका अनुसार १९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासंघले धानमा जैविक बिबिधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...