एमाले अध्यक्ष ओलीको यस्तो छ धान रोप्ने कार्यक्रम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले रोपाईंमा सहभागी हुनुहुने भएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा बुधवार आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो ।

किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुहुनेछ । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भन्नुभयो ।

उहाँका अनुसार १९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासंघले धानमा जैविक बिबिधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...