अन्तर्घात आरोपमा एमालेका जिल्ला अध्यक्ष नै बर्खास्त



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले जिल्ला कमिटी कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरेको छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।

जिल्ला कमिटीको सिफारिशका आधारमा थापालाई बर्खास्त गरी उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको छ । यसैगरी साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिशका आधारमा प्रदेश कमिटीले बर्खास्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...