पार्टीको बाँकी काम टुंग्याउने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूको गठन र भ्रातृ संस्थाहरूको कार्यसमिति निर्माण हुन सकेको छैन । दोस्रो कार्यकाल कांग्रेस हाँक्दै गरेका सभापति शेरबहादुर देउवा पछिल्लो ६ महिनामा हुन नसकेका काम अबको ३ हप्ताभित्र टुंग्याउने तयारी गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत असार ६ गते बालुवाटार पुगी सभापति एवं प्रधानमन्त्री देउवालाई पार्टीका आन्तरिक विषयसमेतमा ध्यानाकर्षण गराएका थिए । महामन्त्रीद्वयले खासगरी पार्टी संगठनमा हुनुपर्ने नियमित काम नभएकोमा असन्तुष्टि जनाउँदै विधानले निर्दिष्ट गरेका कामहरू कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

त्यसयता सभापति देउवाले थाँती रहेका कामहरू असार मसान्तभित्र सक्ने गरी काम थालेका छन् । सभापति देउवाले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेर कामको थालनी गरिसकेका छन् । असार १० गते सभापति देउवालाई विधानको दफा ३६ को उपदफा १ को क बमोजिम उपसभापति पूर्णबहादुर खड्कालाई सो प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका हुन् ।

त्यस्तै पार्टीको विधान एवं केन्द्रीय कार्यसमितिको निर्णयअनुसार स्वतः विघटन भएका २ भ्रातृ संस्थाको अध्यक्ष पनि सोही दिन देउवाले मनोनीत गरे । नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई देउवाले मनोनयन गरे ।

यसअघि नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङ मनोनीत भइसकेका छन् । अध्यक्ष तोकिएका चार वटै भ्रातृ संस्थाको कार्यसमिति गठन हुन अझै बाँकी छ ।

त्यस्तै नेपाल महिला संघ, प्रजातन्त्र सेनानी सघं, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति गठन गर्न बाँकी नै छ ।

सभापति देउवाले निकटस्थहरूसँगको छलफलमा पार्टीमा थाँती रहेका कामहरू असार मसान्तभित्रै सम्पन्न गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीका अनुसार स्थानीय निर्वाचनका ।कारण ढिलो भएका कामहरू असार मसान्तभित्र सक्ने तयारी छ ।

‘सभापतिजी विलम्ब गर्ने पक्षमा हुनुहुन्न । असार मसान्तभित्र भ्रातृ संस्था, विभाग, पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन्छु भन्नुभएको छ’, चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...