विद्यार्थीको परीक्षा आइसक्यो पाठ्यपुस्तक कहिले पुग्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विद्यार्थीहरुको त्रैमासिक परीक्षा आइसकेको भन्दै विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ भनी प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्‍याउनुमा सरकार दोषी रहेको बताएका छन् ।

उनले ७५ प्रतिशत विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने बताउँदै भट्टराईले भने, ‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

सांसद भट्टराईले काठमाडौँमा समेत ३० प्रतिशत विद्यालयमा पुस्तक नपुगेको उल्लेख गर्दै दुर्गम के अवस्था छ भनि प्रश्न गरे । उनले काठमाडौँकै दरबार हाइस्कुलमा समेत पाठ्यपुस्तक नपुगेको बताए । पुस्तक नभएकै कारण बालबालिकाहरु विद्यालय जान सक्ने अवस्था नभएको उनको भनाइ छ । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...