माधव नेपालको गोजीमा प्रेम आलेको राजीनामा



हाम्रो इकोनोमि

 

 

पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका नेता सोमप्रसाद पाण्डेले बताए । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।

यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए ।

उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् ।

नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन् । आज एक कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले पदबाट दिएको राजीनामा आफूले गोजीमा बोकेर हिँडिरहेको बताएका थिए । राजीनामा दिनेहरुकाे नाम उनले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...