मंसिर १० गतेभित्र प्रदेश र संसदीय निर्वाचन गर्ने आयोगको तयारी



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले आगामी मंसिर १० गतेभित्र प्रदेश तथा संघीय संसदको निर्वाचन सक्ने तयारी भइरहेको जनाएको छ ।शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

थपलियाले सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह पनि गरे । त्यस्तै, उनले आयोगले निर्वाचन कम खर्चिलो बनाउनतिर पनि आयोग लागेको बताए ।

‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उनले भने, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उनले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...