मंसिर १० गतेभित्र प्रदेश र संसदीय निर्वाचन गर्ने आयोगको तयारी



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले आगामी मंसिर १० गतेभित्र प्रदेश तथा संघीय संसदको निर्वाचन सक्ने तयारी भइरहेको जनाएको छ ।शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

थपलियाले सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह पनि गरे । त्यस्तै, उनले आयोगले निर्वाचन कम खर्चिलो बनाउनतिर पनि आयोग लागेको बताए ।

‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उनले भने, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उनले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...