काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना लिने



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ । महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ कारबाही गरिने जनाएको हो ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ । महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन संकलन गर्ने पनि सूचनामा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...