सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न सकेन : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताएका छन् । पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन’, ओलीले भने ।

अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नेपालले कुनै हीनताबोध राख्न नहुने भन्दै आपसमा कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्ने बताए ।

‘जनसंख्यामा देश सानो ठूलो हुनसक्छ । विकासको स्तरमा अघि वा पछि हुनसक्छ तर सार्वभौमसत्ता सबैको समान हो । त्यसैले हीनताबोध राखेर मित्रता हुनसक्दैन, न्यायोचित राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ’, ओलीले भने ।

वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको भन्दै ओलीले प्रतिपक्षसँग कुनैपनि विषयमा सरकारले संवाद नगरेको आरोप लगाए । विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको विदेश भ्रमणका सन्दर्भमा प्रतिपक्ष र विज्ञहरूसँग सल्लाह हुने प्रचलन रहेपनि अहिले तोडिएको ओलीको आरोप छ ।

‘प्रधानमन्त्री बाहिर जानुअगाडि त प्रतिपक्षीसँग त कुराकानी हुन्थ्यो नै । साथसाथै विज्ञहरूसँग पनि परामर्श गर्ने हाम्रो चलन थियो । प्रतिपक्षसँग छलफल नगरी चल्छ भने चलाउनुस् । लोकतन्त्रको नयाँ परिभाषा गराउनुस् न । यो सरकारले कुनै विषयमा कसैसँग संवाद गरेको छैन’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...