मेयर र उपमेयरले दम्भ देखाएपछि एमालेद्वारा हेटौंडा कार्यपालिकाको बैठक बहिष्कार



हाम्रो इकोनोमि

 

हेटौंडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । आज भएको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् । हेटौंडामा एमालेको बहुमत छ । एमालेले बैठक सञ्चालन कार्यविधि- २०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राखेको थियो ।

तर, मागको विषयमा मेयर-उपमेयर लचिलो नबनेपछि आफूहरूले बाध्य भएर बैठक बहिष्कार गर्नुपरेको वडा नम्बर १५ का वडाध्यक्ष तथा एमाले हेटौंडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए । आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि बसेको कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना मागहरू अघि बढाएकोमा मेयर तथा उपमेयरले दम्भ देखाएको सचेतक मोक्तानले आरोप लगाए ।

उनले भने ‘उहाँहरु हाम्रो मागलाई सम्बोधन गर्ने पक्षमा हुनुहुन्नँ, पेलेर जाने पक्षमा हुनुहुन्छ, हामीले विषयगत समिति निर्माण गरेर बजेट निर्माण गरौँ भन्दा उहाँहरुले अहिले बेला घर्कियो भनेर आलटाल गर्नुभो, यसरी नगरको हित हुँदैन ।’

बहुमत कार्यपालिका सदस्य बाहिर हुँदा समेत बैठक सञ्चालन गरेर जनमतको भावानाविपरीत काम गरेको एमालेको आरोप छ । हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्यहरू छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जनासहित बहुमतमा छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...