एमाले सम्बद्ध रिटर्नी फेडेरेसनको बागमती प्रदेश भेला सम्पन्न, अध्यक्षमा अच्युत पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) सम्बद्ध रिटर्नी फेडेरेसनको बागमती प्रदेश स्तरीय भेला काठमाण्डौंमा सम्पन्नभएको छ । असार ४ गते शनिवार काठमाण्डौंको चाबहिलमा सम्पन्न भेलाले अच्युत पौडेलकोनेतृत्वमा ५३ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ । एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट फेडेरेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो संगठन एमालेले बैदेशिक रोजगारमा रहँदा एमालेको प्रवास कमिटीमा आवद्ध रही योगदान पुर्र्याएका तथा प्रवासमा रहँदा एमालेप्रति
आस्थावान तथा शुभेच्छुक रही स्वदेश फर्केका एमालेप्रेमीहरु संगठित हुने गरि निर्माण गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७८ साल पौष १६ गते पार्टीको जनसंगठनको रुपमा यो संगठनको घोषणा गरेका थिए । त्यसपश्चात फेडेरेसनले ४३ वटा जिल्ला कमिटी र थुप्रै पालिकस्तारिय कमिटीहरु गठन गरिसकेको उक्त भेलामा जानकारी गराइएको थियो । फेडेरेसनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज शालिग्राम बसेलको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा फेडेरेसनका परिकल्पनाकार माधब ढुंगेल, केन्द्रिय सदस्य तथा फेडेरेसन इन्चार्ज सूर्य पाठक, एमाले पोलिटब्युरो सदस्य तथा बागमती पार्टी इन्चार्ज आनन्द पोखरेल, एमाले बागमती पार्टी अध्यक्ष केशव पाण्डे, फेडेरेसनको बागमती इन्चार्ज पर्शुराम बस्नेत लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

फेडेरेसनका उप महासचिव तथा बागमती प्रदेश सह-इन्चार्ज काजि बहादुर थापाले संचालन गरेका कार्यक्रममा फेडरेसनका अध्यक्ष चन्द्र बहादुर रोकाहा, बरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी लगायत पदाधिकारी तथा बागमती प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । फेडेरेसनका बरिष्ठ उपाध्यक्ष अधिकारीले बहराइनबाट फर्केका पौडेलको नेतृत्वमा राम लोप्चन र शुभेक्षा मेयांग्बो उपाध्यक्ष, रामकृष्ण पोखरेल सचिव, दुर्लभ पोखरेल उप सचिव, सकुन्तला खतिवडा कोषाध्यक्ष रहने गरि ५३ सदस्यीय कमिटी घोषणा गरेका हुन् । घोषित कमिटीलाई भेलाले सर्वसम्मत रुपमा पारित गरेको थियो । निर्वाचित कमिटीलाई अध्यक्ष रोकाहाले सपथ गराउनुका साथै प्रशिक्षणयुक्त मन्तव्य राखेका थिए ।

फेडेरेसनले असार ४ गते एकैदिन ३ वटा प्रदेशको भेला सम्पन्न गरेको छ | मधेस प्रदेशमा रुद्र
प्रसाद खतिवडा र लुम्बिनी प्रदेशमा रामचन्द्र बस्यालको नेतृत्वमा प्रदेश कमिटीहरु गठन भएको
छ | अघिल्लो साता फेडेरेसनले प्रदेश १ र गण्डकी प्रदेशको भेला सम्पन्न गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...