एसपिपीबारे छानबिन गर्न समिति बनाउनु पर्छ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन् । एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै रावलले एसपिपीबारे फरक-फरक निकायबाट फरक-फरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनु पर्ने माग गरेका हुन् ।

‘एक समय सम्झौता गरेको भन्ने, अर्को बेला  होइन भन्ने यस्ता कुराले हाम्रो विश्वासनियतामा आँच आउँछ,’ रावलले भने,‘अमेरिकाले यसलाई आफ्नो इन्डो-प्यासेफिक स्ट्राटेजीको अंग भनेको छ। हामी होइन भन्छौं । यो सम्झौता कहिले, कसले गर्‍यो? समिति बनाएर छानबिन गरौं ।’ नेपाल एसपिपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनु पर्ने रावलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...