एसपिपीबारे छानबिन गर्न समिति बनाउनु पर्छ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन् । एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै रावलले एसपिपीबारे फरक-फरक निकायबाट फरक-फरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनु पर्ने माग गरेका हुन् ।

‘एक समय सम्झौता गरेको भन्ने, अर्को बेला  होइन भन्ने यस्ता कुराले हाम्रो विश्वासनियतामा आँच आउँछ,’ रावलले भने,‘अमेरिकाले यसलाई आफ्नो इन्डो-प्यासेफिक स्ट्राटेजीको अंग भनेको छ। हामी होइन भन्छौं । यो सम्झौता कहिले, कसले गर्‍यो? समिति बनाएर छानबिन गरौं ।’ नेपाल एसपिपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनु पर्ने रावलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...