ह्विस्की खुवाएर एसपीपीमा सम्झौता गराउलान् : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्विस्की’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मीठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन ।

‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिनँ कसैले भने पनि म गर्दिनँ भनेर भन्नुभो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्नँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने ।

उनले भने,‘ उहाँको अडान सुन्नेवित्तिकै म खुसी पनि भए । कुनैपनि राष्ट्रको अनुचित दबाबलाई कुनै हालतमा स्वीकार गर्नु हुँदैन । कहिले दबाब दिएर, फकाएर, कहिले थाहै नदिई निदाएको बेला ह्विस्की खुवाएर साइन गरिएला ख्याल गर्नुहोला । कुनै पनि हिसाबले नफसिकन संस्थागत रुपमा राष्ट्रिय हितलाई लानुपर्छ ।’ साथै उनले नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...