देउवा र प्रचण्डसँग माधव नेपाल रुष्ट



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् ।

नेपालले गठबन्धनको मर्म विपरित कांग्रेस र माओवादी मिलेर अघि बढेको बताएका छन् । मंगलवार काठमाडौँमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले स्थानीय निर्वाचनमा गठबन्धनले निर्णयअनुसार सीट संख्या बाड्न समेत तयार नभएको आरोप लगाएका छन् ।

६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निश्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखि २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’

जसका कारण कांग्रेस र माओवादीले गठबन्धनका अन्य दलहरुलाई पन्छाएर उनीहरुले मात्रै सीट बाँडेको अध्यक्ष नेपालको भनाइ छ । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।’ त्यस्तै, उनले सत्ता गठबन्धनभित्र ७ वटा समस्याहरु रहेको पनि नेपालले औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...