नेपाललाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजिदै छ : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध रूपमा परराष्ट्र नीतिमा विचलनका घटना भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्नेतर्फ सचेत गराए । सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न खडा गरे ।

उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’ सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भिर प्रश्न उठाएको उनको भनाइ थियो ।

‘हामी सबैका मित्र हौं । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन,’ उनले भने । नेपालको संविधान, परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त र असंलग्नता, विश्वशान्तिको मान्यता अनुसार परराष्ट्र नीति अवलम्बन गर्नु सरकारको दायित्व रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...