लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ



हाम्रो इकोनोमि

 

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले घरभित्रै गएर  महिला तथा बालबालिकामाथि कुटपिट गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै घुसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।

मन्त्री आफैँ अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन् ।

‘च्यानल गेटमा हान्दै ढोका खोल, ढोका खोल भन्दै भित्र पसिन् । त्यसपछि मलाई र तीन वर्षकी छोरीलाई कुटपिट गरिन्,’ मीनाले भनिन्, ‘एकराज खोइ भन्दै उनी घरभित्र आएकी थिइन् ।’ एकराज मीनाकी श्रीमान् हुन् । ‘मेरो कोठामै पसेर सानी छोरीको कपाल लुछ्दै कुटपिट गरिन्, लुगा फालिदिइन्,’ मीनाले भनिन्।

यो घटनापछि स्थानीय पनि आक्रोशित छन् । मन्त्रीले सीमा नाघेर अर्काको घरभित्र छिरेर कुटपिट गरेको उनीहरू बताउँछन् ।केही अघि बिमला र मीनाका श्रीमान् एकराज बस्नेतबीच प्रेम सम्बन्ध रहेको बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...