लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ



हाम्रो इकोनोमि

 

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले घरभित्रै गएर  महिला तथा बालबालिकामाथि कुटपिट गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै घुसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।

मन्त्री आफैँ अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन् ।

‘च्यानल गेटमा हान्दै ढोका खोल, ढोका खोल भन्दै भित्र पसिन् । त्यसपछि मलाई र तीन वर्षकी छोरीलाई कुटपिट गरिन्,’ मीनाले भनिन्, ‘एकराज खोइ भन्दै उनी घरभित्र आएकी थिइन् ।’ एकराज मीनाकी श्रीमान् हुन् । ‘मेरो कोठामै पसेर सानी छोरीको कपाल लुछ्दै कुटपिट गरिन्, लुगा फालिदिइन्,’ मीनाले भनिन्।

यो घटनापछि स्थानीय पनि आक्रोशित छन् । मन्त्रीले सीमा नाघेर अर्काको घरभित्र छिरेर कुटपिट गरेको उनीहरू बताउँछन् ।केही अघि बिमला र मीनाका श्रीमान् एकराज बस्नेतबीच प्रेम सम्बन्ध रहेको बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...