अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रचण्डको ठाडो आदेश



 

 

बजेटमाथि अनाधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएसँगै अर्थमन्त्री जनार्दन शर्मा तीव्र विवादमा तानिएका छन् । आज अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्व नासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ ।

बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्व नासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् । स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेर मात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन ।

सरकारको कुनै ओहदामा नरहेको एउटा मामुली पूर्वकर्मचारीलाई ‘विज्ञ’ भन्दै मन्त्रालयमा घुसपैठ गराइनु र अति संवेदनशील मानिने करका दरहरू हेरफेर गरिनु चानचुने विषय होइन । यसलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजीनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले खल्बली पैदा भएको छ ।

करको दरमा गरिएका केही हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए । खासगरी विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइदिनु युक्तिसंगत देखिएको थिएन ।

यस्तै, स्वदेशी उद्योगीहरूको ढाड भाँच्ने गरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । नयाँ बजेटले तारजाली, घ्यू–तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नेभन्दा पनि विदेशबाट आयात गर्दा भन्सार घटाउने नीति सन्देहपूर्ण हो । आज प्रकाशित समाचारले विभिन्न उद्योगीसँग ‘सेटिङ’ का आधारमा करको दर हेरफेर गरिएको आशंकालाई बल पुर्‍याएको छ ।

 

प्रचण्ड–शर्मा भेट

विवादमा आएका अर्थमन्त्री शर्मालाई हिजो माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए । स्रोतका अनुसार प्रचण्डले शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । करिब एक घण्टाको उक्त छलफलमा प्रचण्डले अर्थमन्त्रीको कार्यशैलीप्रति रोष प्रकट गरेको स्रोतले बतायो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामाको सुझावसमेत दिएको बुझिएको छ ।

अर्थमन्त्री शर्माको सचिवालयले भने माओवादीका केही नेताले नचाहिँदो प्रचारबाजी गरिरहेको टिप्पणी गर्‍यो । सचिवालयका एक सदस्यले भने, ‘केही नेतालाई मन्त्री बन्न हतार भएर जे पनि बोल्दै हिँडेका छन् । यस विषयमा पार्टीले नै आधिकारिक धारणा ल्याउने छ ।’

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च