तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाइयो : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’

कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता पर्यो भने ऋण पनि लिने नीति रहेको बताउँदै उहाँले ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने बताउनुभयो ।

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उहाँले भन्नुभयो, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...