८० सिटमा मात्रै लड्न कांग्रेस तयार



हाम्रो इकोनोमि

 

 

माओवादी र नेकपा एसका नेताहरूका पछिल्ला प्रस्ताव कार्यान्वयन हुने हो भने तालमेल गर्दा कांग्रेसले ८० सिटभन्दा धेरै नपाउने देखिन्छ । विगतमा प्रत्यक्षमा जितेको सिट सबै दलले सुरक्षित गर्ने र एमालेले जितेका सिटमा बाँडफाँट गर्ने प्रस्ताव कांग्रेसबाहेक दलको रहेको छ ।

हाल गठबन्धनमा रहेका सांसदहरूमध्ये ८७ जना प्रत्यक्ष निर्वाचित भएका हुन् । माओवादीले ३७, कांग्रेसले २३, नेकपा एसले १४, जसपाले ११ र राष्ट्रिय जनमोर्चाले १ सिट प्रत्यक्षतर्फ जितेको ताजा तथ्यांक रहेको छ । प्रत्यक्षतर्फ अघिल्लो निर्वाचन जितेका सबैको सिट सुरक्षित गर्ने हो भने गठबन्धनमा कांग्रेसले २३ र अन्य दलले ६४ सांसद पाउने अवस्था रहन्छ । एमाले र अन्य दलबाट निर्वाचित प्रत्यक्ष सांसदहरूको संख्या ७८ रहेको छ । ती ७८ सिटको बाँडफाँटले नै मुख्यत: गठबन्धन दलहरूको भावी आकार सुनिश्चित गर्नेछ ।

माओवादीले गठबन्धनको अनौपचारिक छलफलमा गठबन्धन दलबाहेकले जितेका क्षेत्रहरूमा सम्मानजनक बाँडफाँट गर्नुपर्ने प्रस्ताव राखेका छ । यो प्रस्ताव अनुसार कांग्रेसले ७० प्रतिशत नै सिट पाउँदा पनि कांग्रेसको भागमा थप ५५ सिट पर्न जान्छ । यस्तो अवस्थामा कांग्रेसले प्रत्यक्षतर्फ ७८ सिटमा मात्रै प्रतिस्पर्धा गर्ने अवस्था बन्नसक्छ ।

केही शीर्ष नेताको क्षेत्र थप गरेर बढीमा ८० सिट कांग्रेसलाई छाड्ने गठबन्धनका अन्य घटकहरूको ‘आन्तरिक सहमति’ छ । माओवादीको यस्तो प्रस्ताव कांग्रसले स्वीकार गर्ने अवस्था देखिदैन । ‘८० सिटमा मात्रै चुनाव लड्ने कुरा कांग्रेसले सोच्नसम्म सक्दैन । गठबन्धनलाई जोगाउनका लागि हदैसम्म लचक हुँदापनि १ सय सिट कांग्रेसले पाउनुपर्छ’ सभापति देउवानिकट एक पदाधिकारीले भने ।

सत्ता गठबन्धनमा कुनै कारणले समस्या सिर्जना भएर कांग्रेसविरुद्ध पुनः वामगठबन्धन हुने खतरा टरिसकेको छैन । यही खतरा नटरेका कारण कांग्रेसमाथि दवाव बढ्दो छ । प्रचण्ड, झलनाथ खनाललगायत नेताहरूले नै कांग्रेसले ‘ठूलो कुरा गरे’ नयाँ कोर्स सुरू हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । आफ्नो पार्टीभित्रका तालमेल विरोधी नेता फकाउन देउवाले पनि ‘तालमेल नगरे प्रचण्ड-माधव एमालेसँग मिल्नसक्ने’ बताउँदै आएका छन् ।

‘वामगठबन्धन हुन नदिन गठबन्धन जोगाउनैपर्ने बाध्यता छ । हामी बाध्यतामा भएकाले पनि अरुको बार्गेनिङ बढी भएको हो । अन्तिमसम्म सबैको सम्मानजनक हैसियत बनाउन प्रयास हुन्छ’, एक कांग्रेस नेताले भने ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...