देउवा सातौंपटक प्रधानमन्त्री भए नेपाल रहला ? : भीम रावल



हाम्रो इकोनोमि

 

 

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसदमा केही गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।

रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै नेपालको संविधानविपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन खोजेको बताए । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे ।

रावलले भने, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’

प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको रावलले बताए ।

देउवाको अमेरिका भ्रमणको तयारीबारे सत्तापक्षबाटै प्रश्न उठिसकेको भन्दै रावलले प्रधानमन्त्रीले पछिल्ला एकपक्षीय र नेपालको संविधानविपरीतका परराष्ट्र नीतिबारे जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...