पार्टी कब्जा गर्ने दाउमा बाबुराम, उपेन्द्र अल्पमतमा



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद फेरि ब्युँतिएको छ । सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णयपछि जसपा विभाजनको डीलमा पुगेको छ ।

अहिले अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भएर संसदीय दल पनि विभाजि भएको छ । स्रोतका अनुसार, जसपाका १९ जना सांसदमध्ये १२ जना बाबुरामको पक्षमा खुलेका छन्  उपेन्द्र यादवको पक्षमा ७ जनामात्रै देखिएपछि कार्यकारिणी समितिमा पनि बाबुराम पक्ष बहुमतमा रहेको दाबी गरिएको छ । जसपाका नेता अशोक राई पनि बाबुराम पक्षमा लागेपछि उनी बलियो भएको जसपा स्रोतको दाबी रहेकाे छ ।

त्यसो त, गठबन्धन सरकारमा मन्त्री पठाउने बेलामा ६ महिना कार्यकाल तोकेर जसपापले अहिलेका मन्त्रीहरुलाई पठाएको थियो । पछि बाँकी ६ महिनाका लागि पुनः अन्य सांसदलाई पठाउने भनेर प्रतिस्पर्धालाई थामथुम पारिएको थियो । अहिले, उनीहरु जसरी पनि मन्त्री बन्ने दौडमा लागेका छन् । उक्त दौडमा रहेका व्यवक्तिलाई साथ दिएर बाबुराम भट्टराईले थप मलजल गरिरहेको जसपा स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, बाबुराम भट्टराईले अहिले जसपाभित्र समस्या बनाई सकेसम्म पार्टी जसपा कब्जा गर्ने रणनीतिमा लागेका छन् । कार्यकारिणी सदस्यमा बहुमत पुर्याएर कब्जा गर्ने रणनीति लिएका भट्टराईलाई जसपाभित्रका पूर्वराजपा समूहका नेताहरुले साथ दिएका छन् । मन्त्री बन्न चाहेका नेताहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव पनि अहिले बाबुराम क्याम्पमा लागेका छन् । उनीहरु पहिला उपेन्द्र यादवका विश्वास पात्र थिए । मन्त्री बन्न नपाएकै कारण उनीहरुले कित्ता परिवर्तन गरेका हुन् । पूर्वराजपाका नेताहरु महेन्द्र राय यादव, मृगेन्द्र सिंह, अमृता अग्रहरीलगायतका सांसद पनि बाबुराम भट्टराईको साथमा लागेका छन् ।

त्यसले गर्दाखेरी जसपा अहिले विवादको उत्कर्षमा पुगेको स्राेतकाे दावी छ । जसपा विभाजनको डिलमा पुगेका कारण गठबन्धन सरकार नै धरमरमा पुगेको छ । बाबुराम भट्टराई जसपा कब्जा गरेर महन्थ ठाकुरसँग एकता गर्ने रणनीतिमा लागेका छन् । बाबुराम भट्टराई निकटका अनुसार ठाकुरसँग एकता गरेपछि आउने निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने रणनीति बनाएका छन् । त्यही कारण अहिले बाबुरामले यो गठबन्धनको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।

 

विचार मिल्नेहरु एकातिर हुनुपर्ने धारणा राखिएका बाबुरामको पुरानै लाइन भएपनि अहिले बीचको केही समय भने बाबुराम उपेन्द्र यादवसँग खासै रुष्ट थिएनन् । बाबुरामनिकट नवराज सुवेदीलाई राष्ट्रियसभा सदस्य नबनाएको भनेर बाबुरामले पहिलो विवाद निकालेका थिए । त्यही कारण पार्टी झन्डै विभाजनमा पुगेको थियो । पछि सुवेदीलाई राजदूत बनाएपछि विवाद मत्थर भएको थियो । अहिले पनि आफ्ना मान्छेलाई मन्त्री बनाउने र चुनावको मुखसम्ममा जारी पनि यादवको साथ छोड्ने लाइनमा बाबुराम रहेको भन्दै जसपाभित्र चर्चा हुन थालेको  छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...