जनता समाजवादी पार्टी फेरी फुटने संकेत



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) मा स्थानीय तहको निर्वाचनलाई लिएर विवाद चर्किएको छ । पार्टीमा निर्वाचनको समीक्षा गर्नुपर्नेमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक नै नबोलाएको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले असन्तुष्टि जनाएपछि बिवाद सतहमा आएको हो ।

अध्यक्ष यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षको छ । पार्टीभित्र उत्पन्न असन्तुष्टिका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठकको माग गर्दै आए पनि अध्यक्ष यादवले बेवास्ता गरेको पनि सो पक्षको भनाई छ । जसपाले स्थानीय तहको निर्वाचन समीक्षा जिल्लाबाट संकलन गर्न असार १५ सम्म म्याद तोकेको छ ।

पार्टीभित्र सामूहिक निर्णय गर्न गत फागुन ३० मा केन्द्रीय समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राई रहेको ‘मुख्यालय’ गठन गरेको थियो । तर निर्णय अध्यक्ष यादवले एकलौटी रूपमा गर्दै आएको आरोप लगाइएको छ । भट्टराई पक्षले यादवकै कारण जित्ने क्षेत्र पनि हारेको बताउँदै आएको छ ।

गठबन्धन र चुनावको टिकट वितरणका विषयमा जसपाभित्र ठाउँ–ठाउँमा विवाद भइरहेको छ । धनुषामा मंगलबार भएको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...