अमेरिकी सेनाका प्यासिफिक कमान्डर काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका छन् । केही बेरअघि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

उनलाई नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका हुन् ।

नेपाली सेनाले शुक्रबार फ्लायनलाई गार्ड अफ अनर दिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । फ्लायनका लागि शुक्रबार रात्रिभोजको आयोजना गरिनेछ । शनिबार माउन्टेन फ्लाइटमार्फत उनले सगरमाथाको अवलोकन गर्ने छन् ।

आइतबार पाँचखालस्थित वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ तालिम केन्द्रको अवलोकन गरी उनी सोही दिन उनी स्वदेश फर्कनेछन् । फ्लायन सैनिक विमानमै आउने तालिका रहेपनि प्रतिकूल मौसमका कारण सिभिल विमानमा नेपाल आएको बताइएको छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेको छ । यसअघि अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...