काठमाडौंको फोहोर नउठ्दा झाडापखालाका बिरामी बढे



हाम्रो इकोनोमि

 

 

दुई साताभन्दा बढी समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् । बर्खाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको छ । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिनप्रतिदिन बिरामी बढ्न थालेको जानकारी दिनुभयो । अहिले अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका भएको उहाँले बताउनुभयो । अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन् ।

राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा.पुनले भन्नुभयो। झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् ।

नयाँ प्रकारको झाडापखाला देखिएकाले लक्षणका आधारमा उपचार गरिएको चिकित्सकहरूको भनाइ छ । सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दूषित पानी बगिरहेको र उक्त पानी फलफूल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्ने उनीहरूको अनुमान छ । रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले राजधानीको फोहोरले झाडापखालाका बिरामी बढ्न थालेको बताउनुभयो। अझ अहिले निरन्तर पानी परेकाले फोहोर तितरबितर भएको छ ।

खानेपानीमा यसको फोहोर मिसिने भएकाले झाडापखालाको प्रकोप बढाएको उहाँको भनाइ छ । ‘समयमा यसको व्यवस्थापन गर्न नसकेमा हैजाको महामारी निम्त्याउनेछ,’ मरासिनीले भन्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको पूर्वतयारी अझै थालेको छैन । फोहोरले जनस्वास्थ्यमा पार्ने गम्भीर असर र यसबाट जोगिने उपायबारे मन्त्रालय मौन छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...