सरकारमा जाने लोकतान्त्रिक समाजवादीको तयारी



हाम्रो इकोनोमि

 

 

सरकारमा सहभागी हुनेबारे अनौपचारिक संवादमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेका हुन् । लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

सो पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने सुनिश्चितता गर्नसमेत माग गरेको छ । जसपाभित्र विवाद बढेर विभाजनको नजिक पुगेका र लोसपा सरकारमा जान अग्रसर भइरहेका बेला यो ज्ञापनपत्र बुझाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...