मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो : मन्त्री श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एसका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत् रहन भनेको जानकारी दिए । नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो । अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राएबमोजिम नै काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...