माधव नेपालका पुरानो मन्त्री नहटाउने प्रधानमन्त्रीको चेतावनी



हाम्रो इकोनोमि

 

 

विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री फेर्ने कुरा असंसदीय र गैर जिम्मेवार हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पुनर्विचार गर्न सुझाव दिएका छन् । नेकपा एसले चार जना मन्त्री हटाएर नयाँको नाम सिफारिस गरेपछि हटाइएका मन्त्रीले पार्टी र प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएका थिए ।

किसान श्रेष्ठ,रामकुमारी झाँक्री र विरोध खतिवडाले अपरिपक्व र असंसदीय निर्णयबाट पछि हट्न नेतृत्वलाई दबाब समेत दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले माधव नेपालसहितका नेताहरूसँग यसबारे अहिले हतार नगर्न भन्दै बजेटमाथिको छलफल टुंगिन दिन आग्रह गरेका छन् । मन्त्रालयगत बजेट तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।

तर बजेट तथा कार्यक्रम विनियोजन गर्ने मन्त्री नै हटाइएपछि नयाँ आउने मन्त्री नैतिक रूपमा कसरी जिम्मेवार बन्ने भन्ने प्रश्न समेत उठाइएको छ । विवाद र असन्तुष्टिकै कारण नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम समेत तय भएको छैन ।

यसैबीच पार्टीले अपमानजनक ढंगले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको भन्दै नेकपा एसका मन्त्रीहरूले माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेटेर असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले यसबारेमा आफूले माधव नेपालसँग कुरा गर्ने आश्वासन दिएर पठाएको खुमलटार स्रोतले जनाएको छ । यसैबीच स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरूलाई बजारले मन्त्रीबाट हटाएको भन्दै बजारका कुरा बजारमै सकिएको र आफू काममा व्यस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...