एमसीसी सम्झौता बिरद्ध विप्लवको पार्टीले आन्दोलनको घोषणा गर्‍यो



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा घेराउ र प्रदर्शन, बन्दी रिहाइको पक्षमा मशाल जुलुस, महँगीविरुद्ध देशव्यापी प्रदर्शन छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टबाट धर्मेन्द्र बास्कोटा, हेमन्तप्रकाश वलीलगायत अलग्गिएर नेकपा (बहुमत) बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...