माधवले पठाएको नयाँ मन्त्रीको सपथको टुंगो छैन



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने/नहुने टुंगो भइसकेको छैन। आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको बताइए पनि बालुवाटार स्रोतले नयाँ मन्त्रीको नाम प्राप्त भइनसकेको बताएको छ। ‘माधव नेपालले मौखिक रूपमा प्रधानमन्त्रीलाई पार्टीका मन्त्री फेर्न लागेको जानकारी दिनुभएको थियो तर लिखित रूपमा अहिलेसम्म जानकारी आएको छैन,’ बालुवाटार स्रोतले भन्यो।

पार्टीको औपचारिक पत्र आएपछि प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपतिलाई गर्नेछन्। राष्ट्रपतिले मन्त्री नियुक्त गरेपछि सपथ समारोह आयोजना हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार बिहान साढे १० बजेसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै सिफारिस नआएको बताए। ‘अहिलेसम्म कुनै सिफारिस आएको छैन। केही भयो भने साँझतिर हुन्छ कि,’ उनले भने।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

अध्यक्ष नेपालले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...