माधवले पठाएको नयाँ मन्त्रीको सपथको टुंगो छैन



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने/नहुने टुंगो भइसकेको छैन। आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको बताइए पनि बालुवाटार स्रोतले नयाँ मन्त्रीको नाम प्राप्त भइनसकेको बताएको छ। ‘माधव नेपालले मौखिक रूपमा प्रधानमन्त्रीलाई पार्टीका मन्त्री फेर्न लागेको जानकारी दिनुभएको थियो तर लिखित रूपमा अहिलेसम्म जानकारी आएको छैन,’ बालुवाटार स्रोतले भन्यो।

पार्टीको औपचारिक पत्र आएपछि प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपतिलाई गर्नेछन्। राष्ट्रपतिले मन्त्री नियुक्त गरेपछि सपथ समारोह आयोजना हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार बिहान साढे १० बजेसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै सिफारिस नआएको बताए। ‘अहिलेसम्म कुनै सिफारिस आएको छैन। केही भयो भने साँझतिर हुन्छ कि,’ उनले भने।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

अध्यक्ष नेपालले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...