घनश्याम भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ।

भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पत्रकारहरुलाई बताएका छन् ।

बैठकले निर्वाचन र त्यसपछि पार्टीविरूद्ध गतिविधि गर्ने विभिन्न तहका नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टीलाई सुझाव दिएको अनुशासन आयोगका एक सचिवालय सदस्यले बताए। भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन् । चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको प्रस्तावविपरीत भीम रावल र घनश्याम भुसाले विरोध गरेर नेतृत्व चयनलाई निर्वाचन गराएका थिए । रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए ।

अहिले यो विषयलाई लिएर भुसाल समर्थकहरुले पार्टी ‘प्रालि मोडल’मा गएकाले सामान्य आलोचनालाई पनि अस्वीकार गरेर यो प्रकृया अपनाएको प्रतिक्रया दिएका छन् भने संस्थापन लाइन नजिकका नेताहरुले पार्टी नेतृत्वलाई आन्तरिक रुपमा सुझाव सल्लाह दिनुपर्नेमा बाहिर प्रचार गर्ने काम पार्टी हितविपरीत भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...