पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता एवं सांसद भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने बताएका छन् ।मूल्यवृद्धिका विषयमा नेकपा एमालेका सांसदहरूले आज प्रतिनिधिसभामा पेस गरेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् । मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले चाल्नुपर्ने विभिन्न ४ उपायका विषयमा धारणा राख्दै उनले पहिलोमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको काम सरकारले तीव्र रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

यस्तै उनले पञ्चायतकालमा पनि खुला बजारबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गरेर नेपालले सह-उत्पादनको कामसमेत गर्ने गरिएको बताउँदै अहिले पनि सरकारले त्यसै गर्नुपर्ने बताए । ‘तत्कालै खुला बजारबाट कहाँ सस्तो पाइन्छ त्यहाँबाट ल्याउन सरकारले तत्काल प्रयास थालोस्’, उनले भने । त्यसले एउटा देशमाथि निर्भरता हट्ने उनले बताए ।

सांसद रावलले अर्को उपायका रुपमा विद्युत उपयोगको लागि इन्डक्सन चुलो बाड्नेभन्दा पनि अहिले जहाँ जहाँ विद्युतको उपभोग भइरहेको छ, त्यहाँ विद्युत उपयोगमा सहुलियत दिएर मानिसहरू विद्युत उपयोगतिर जाऊन् भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताए । यस्तै खुला सिमानालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम नियमन गर्नुपर्ने अर्को उपाय रहेको सांसद रावलले बताए । उनले भने, ‘जसले गर्दा हामीले अनावश्यक बाह्य मूल्यका चापहरूलाई झेल्नुपर्ने स्थिति नहोस् । त्यसका लागि सरकारले तुरुन्तै ध्यान देओस् ।’

प्रतिक्रिया दिनुहोस
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ : ऐन महर

    सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय संसद्‍मा उठेको छ...