एमाले सरकार परिवर्तनको खेलमा छैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नलागेको बताउनुभएको छ।उहाँले यतिबेला एमाले सरकार परिवर्तनका खेलमा नलागेको बताउनुभएको हो ।

‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछौं।’फरक प्रसंगमा महासचिव पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेकोमा सरकारको ध्यान नपुगेको उल्लेख गर्नुभएको छ ।नेविसंघले असान्दर्भिक माग राखेर त्रिविको पदाधिकारीका कार्यकक्षमा ताला लगाएको आरोप उहाँको छ।

नेविसंघले गत माघ ७ गतेदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएपछि बिहीबार पुन: तालाबन्दी गरेको थियो।यसैबीच नेविसंघले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्रमा पनि तालाबन्दी गरेको छ। ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको लामो समय भयो,’ उहाँले भन्नुभएको छ, ‘सरकार थाह नपाएझैँ चीरनिद्रामा छ। झकझक्याउ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...