कांग्रेसलाई पनि ठेगान लगाउने प्रचण्डको चेतावनी



हाम्रो इकोनोमि

 

 

सत्ता साझेदार दल नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन् । पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

आफूले गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पार्दै उनले यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए । ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमाले अति धेरै अहंकार र दम्भ आयो ।

अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ ।  हामीलाई अरू केही छैन’, उनले भने, ‘तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो । अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस् ।’

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...