वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको छ : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताएका छन् । संकट एकातिर बजेट अर्कोतिर भएको उनको टिप्पणी छ । संसद बैठकको छलफलमा भाग लिँदै पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनाव मात्रै देखेको बताए । उनले भने, ‘सरकारले यति पनि चुनाव उतापनि चुनाव देख्यो । आर्थिक संकटतिर उसको ध्यान नै गएन ।’

पाण्डेले यसअघिको एमाले सरकारले ल्याएको बजेटलाई देखाएर उम्किन खोजिनु हास्यास्पद भएको बताए । उनले भने, ‘योभन्दा अगाडि तिमीहरुले ल्याएको बजेट पनि यस्तै त थियो नि भनिरहेको सुन्छु । तर, के हाम्रो सरकारको पालामा देशको अर्थतन्त्र यस्तै संकटमा थियो रु अहिलेको जस्तै विदेशी मुद्राको अभाव र मन्दीको अवस्था थियो रु ६ महिनादेखि हामी जुन संकटको चर्चा गरिरहेका छौं, त्योसँग यो बजेटले मेल खान्छ ?’

पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठवन्धनलाई नहुने टिप्पणी गरे । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको उनको भनाइ छ । ‘कांग्रेसको मेलमिलाप नीति, माअ‍ोवादीको जनयुद्धमा हाम्रो दावी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दावी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्ध भत्ता ५ हजार पुर्याउने भन्नुभएको थियो, किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ,’ पाण्डेले भने ।

कर्मचारीको तलववृद्धि पनि न्यायोचिन नभएको उनले बताए । प्रतिशतमा बढाउँदा तल्लो र माथिल्लो तहका कर्मचारीबीच झन् दुरी बढ्ने उनको भनाइ छ । गठवन्धन चाँडै चुनावमा जान चाहिरहेको आफूले सुनेको पाण्डेले बताए । ‘सुन्दैछु तुरुन्तै गठवन्धन चुनावमा जाँदै छ रे । कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार छ । चुनावपछि अरु दलहरु सतिदेवीको अंगपतन भएझैं सबै झर्नेछन् ।’

संकट एकातिर बजेट अर्कोतिर । संकटतिर बजेटको ध्यान गएन । यता पनि चुनाव उतापनि चुनाव देख्यो । सुनिरहेको छु तुरुन्तै गठवन्धन चुनावमा जाँदै छरे भनेर कांग्रेसलाई गलगाँड कहिले छुटाउने भन्ने छ । सतिदेवीको अंगपतन भएकोजस्तो कलिे हात समातेको छ कसैले खुट्टा समातेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...