उपेन्द्र यादवलाई अध्यक्षबाट हटाउने तयारी



हाम्रो इकोनोमि

 

 

जसपा नेता उपेन्द्र यादवको कार्यशैली, चरित्र र भ्रष्ट क्रियाकलापलाई लिएर पार्टीमा ठूलै विद्रोह हुन सक्ने सम्भावना देखापरेको छ । स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा यादवले मनपरी गरेको र टिकटमा मनपरी गरेकै कारण पार्टी नराम्रोसँग पराजित (तीस पालिकामा सीमित) हुनुपरेपछि नेतादेखि कार्यकर्तासम्म उनीप्रति क्रुद्ध भएका छन् । उपेन्द्र यादवलाई पार्टीको कार्यकारी जिम्मेवारीबाट पन्छाउने आवाज जसपाभित्र जोडतोडका साथ उठिरहेको छ ।

प्राप्त जानकारीअनुसार जसपाका कुल सांसदहरूमध्ये कम्तिमा एकाउन्न प्रतिशत उपेन्द्रको विरुद्ध उभिन पुगेका छन् भने ४५१ सदस्यीय केन्द्रीय समितिमा बहुसङ्ख्यक सदस्यहरू यादवलाई पन्छाउने पक्षमा छन् । उनीहरूले उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिरहेको बुझिएको छ ।

अब हुने जसपा केन्द्रीय समितिको बैठकबाट उपेन्द्रलाई कार्यकारी जिम्मेवारीबाट पन्छाएर उक्त जिम्मेवारी बाबुराम भट्टराईलाई दिने तयारी भएको छ । संसदीय दलको नेता र पार्टीको कार्यकारीबाट हटाएपछि उपेन्द्रको राजनीतिक भविष्यमा विराम लाग्ने विश्वास गरिएको छ । उपेन्द्र हटेको अवस्थामा पार्टीको कमाण्ड बाबुराम भट्टराई, अशोक राई, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठको हातमा पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...