हवाई सेवालाई भरपर्दो र सुरक्षित बनाउन एमालेको आग्रह



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तारा एयरलाइन्सको नाइन एन–एईटी कलसाइन भएको जहाज दुर्घटनाबाट मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ ।

हिजो सोमबार एक शोक विज्ञप्ति जारी गर्दै पार्टीले जहाजमा सवारी तीर्थयात्रुहरु, विदेशी पर्यटकहरु र जहाजका क्याप्टेन र चालक दलका अन्य सदस्यहरुसहित २२ जनाको मृत्यु भएको घटनाले एमाले मर्माहत भएको जनाएको छ ।

‘हिमाली जिल्ला जोमसोमका लागि पोखराबाट यही जेठ १५ गते उडानमा रहेको तारा एयरको नाइन एन–एईटी कलसाइन जहाज आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘दुर्घटनामा मृत्युवरण गर्ने नेपाली नागरिक तथा विदेशीहरुप्रति नेकपा (एमाले) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको परिवारजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

बेलाबेलामा नेपाली आकाशमा हुने गरेका यस किसिमका हवाई दुर्घटनाबाट पाठ सिक्दै हवाई सुरक्षाको नियम कडाइका साथ पालना गर्न र वर्षाद्को समयमा पहाडी तथा अन्य ठाउँमा मौसमको जानकारी यथासमयमा उपलब्ध गराउन एमालेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै भविष्यमा हवाई सुरक्षालाई थप भरपर्दो र सुरक्षित बनाउन सरकारले उचित ध्यान दिनुपर्ने धारणा एमालेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...