हवाई सेवालाई भरपर्दो र सुरक्षित बनाउन एमालेको आग्रह



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तारा एयरलाइन्सको नाइन एन–एईटी कलसाइन भएको जहाज दुर्घटनाबाट मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ ।

हिजो सोमबार एक शोक विज्ञप्ति जारी गर्दै पार्टीले जहाजमा सवारी तीर्थयात्रुहरु, विदेशी पर्यटकहरु र जहाजका क्याप्टेन र चालक दलका अन्य सदस्यहरुसहित २२ जनाको मृत्यु भएको घटनाले एमाले मर्माहत भएको जनाएको छ ।

‘हिमाली जिल्ला जोमसोमका लागि पोखराबाट यही जेठ १५ गते उडानमा रहेको तारा एयरको नाइन एन–एईटी कलसाइन जहाज आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘दुर्घटनामा मृत्युवरण गर्ने नेपाली नागरिक तथा विदेशीहरुप्रति नेकपा (एमाले) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको परिवारजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

बेलाबेलामा नेपाली आकाशमा हुने गरेका यस किसिमका हवाई दुर्घटनाबाट पाठ सिक्दै हवाई सुरक्षाको नियम कडाइका साथ पालना गर्न र वर्षाद्को समयमा पहाडी तथा अन्य ठाउँमा मौसमको जानकारी यथासमयमा उपलब्ध गराउन एमालेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै भविष्यमा हवाई सुरक्षालाई थप भरपर्दो र सुरक्षित बनाउन सरकारले उचित ध्यान दिनुपर्ने धारणा एमालेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...