१२ शवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी



हाम्रो इकोनोमि

 

 

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ।

‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब थप १२ शव आज काठमाडौं पठाउने तयारी छ,’  जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले  भने। दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए। आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।

सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...