पोखरामा कृष्ण थापाले पाएनन् पार्टीकै भोट



हाम्रो इकोनोमि

 

 

गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको जित पक्का हुँदा उपमेयरमा भने नेकपा एमालेकी मन्जुदेवी गुरुङको जित लगभग निश्चित भएको छ । मेयरमा एमालेका उम्मेदवार कृष्ण थापा करिब ५ हजार मतले पछि पर्दा उपमेयरमा एमालेकी उम्मेदवार गुरुङ ४ हजार मतले कांग्रेसकी कोपिला रानाभाटभन्दा अगाडि छन् ।

बाँकी गणनामा पनि मञ्जुकै मत बढी आइरहेकाले पोखराको उपमेयरमा एमालेको जित पक्का भएको हो । मञ्जु दोस्रो पटक पोखराको उपमेयर बन्दै छिन् । अन्यत्र गठबन्धनमा कांग्रेसका उम्मेदवारले जित्दा गठबन्धन दलका उम्मेदवारले उपमेयर हारिरहेका बेला पोखरामा भने उल्टो भएको छ । एमाले नेताहरूले पोखरामा एमालेकै नेता कार्यकर्ताले खुलेर विपक्षी उम्मेदवारलाई मेयरमा मत दिएकाले उपमेयरमात्र जित्न सकिएको दाबी गरेका छन् । पोखरामा हालसम्म एमालेका मेयरले ५१ हजार १८५ मत पाउँदा उपमेयरमा भने ५८ हजार ५८२ मत मञ्जुले पाएकी छन् ।

मेयरमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार धनराज आचार्य ५६ हजार ४७१ मतसहित अग्रता लिँदा उपमेयरमा कांग्रेस उम्मेदवार रानाभाटको ५४ हजार ५४७ मत छ । आचार्यले एमालेको उल्लेख्य मत पाए पनि रानाभाटले गठबन्धनकोमात्र मत पाएकाले पछि परेको नेताहरू बताउँछन् । मञ्जुले एमालेको मत सुरक्षित गर्दा कृष्ण थापाले सो मत आफूतिर तान्न नसकेपछि पोखराको मेयरमा एमाले हार्ने निश्चित भएको छ । वडातर्फमा पनि धेरै ठाउँमा वडाध्यक्षबाहेक चार सदस्य एमालेका जित्ने र वडाध्यक्ष भने कांग्रेसले जित्ने अवस्था आउनुमा अन्तर्घात नै प्रमुख कारण रहेका महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए ।

न्यौपानेले भने– पोखरामा हाम्रो करिब ६० हजार मत हो । उपमेयरले पार्टीको लगभग सबै मत पाउनुभएको छ र जित्ने बेलासम्म ६० हजार कट्छ होला । तर मेयरमा पार्टीको जिम्मेवार कार्यकर्ताले विपक्षलाई मत दिएको देखियो । यो त गम्भीर समीक्षाको विषय बन्छ । पार्टीमा यो खालको अनुशासनहीनताले हामी चिन्तित छौँ ।

प्रत्येक वडाबाट २ देखि ३ सय मत पार्टीभित्रबाटै योजनाबद्ध ढंगले मेयरमा गठबन्धनलाई गएको एमाले नेताहरूको भनाइ छ । यदि मेयरमा खाली राखेको भए पनि एमालेले नै जित्ने थियो भन्ने न्यौपानेको दाबी छ । तर पैसा नै लिएर भोट हालेको अडियोहरु समेत सार्वजनिक भएपछि एमालेमा खैलाबैला छ । दीपक पौडेलले पाएको टिकट खोस्न उनको पुरानो सिसिटिभी भिडिओ सार्वजनिक गरिएपछि कृष्ण थापालाई पौडेल पक्षको पनि मत आएन । थापा खगराज अधिकारी निकट भएकाले अर्को पक्षले घोषणा नै गरेर असहयोग अभियान चलाएको थियो । मञ्जु गुरुङलाई मेयर उम्मेदवार बनाइएको भए परिणाम अर्कै आउने एमालेको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...