प्रभु साहको निर्वाचन क्षेत्रमा दोस्रो नगरपालिकामा एमालेको जित



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रको दोस्रो नगरपालिकामा एमालेले जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साह निर्वाचित भएका छन् । गठबन्धनको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले पराजित गरेका हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकि पटेलले ३ हजार ३९७ मत पाएका हुन् । नवनिर्वाचित साह भुमिहिन गरिब परिवारका सदस्य हुन् । समाजमा लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने प्रेमलाल साहलाई जिताउन प्रभु साह सफल भएका हुन् ।

त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित भएकी हुन् । निवर्तमान उपमेयर समेत रहेकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई ८६५ मतले पराजित गरेकी हुन । पटेलले ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सीमीत भएका हुन् । यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...