तीन महानगरमा उपमेयर जित्दै एमाले



हाम्रो इकोनोमि

 

 

काठमाडौंसहित तीन महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवारले पराकिलो अग्रता बनाएर जीतको नजिक पुगेका छन । काठमाडौं महानगरमा उपमेयरकी उम्मेदवार सुनिता डंगोलले त प्रतिस्पर्धी भन्दा तीन गुना बढी मत पाउनु भएको छ ।

यस्तै ललितपुर र पोखरामा पनि एमालेका उपमेयरका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन । तीन वटै महानगरमा मेयरमा भने एमाले उम्मेदवार पछि परेका छन । उपमेयरमा काठमाडौंमा सुनिताले ३८ हजार ३ सय ५१ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केवल १३ हजार ४ सय ३१ मत पाउनु भएको छ । उहाँ भन्दा सुनिताले २४ हजार ९ सय २० मत बढी पाउनु भएको छ ।

ललितपुर महानगरपालिकामा पनि एमालेकी मञ्जली शाक्य उपमेयरमा निकै अगाडि हुनुहुन्छ । शाक्य गठबन्धनका उम्मेदवार भन्दा ५ हजार मत बढी पाउनु भएको छ । एमालेकी मञ्जलीले १५ हजार ७ सय ६५ मत पाउनु भएको छ भने गठबन्धनका उम्मेदवारले १० हजार ८ सय ३४ मत पाएका छन । अहिलेसम्म मञ्जली ४ हजार ९ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै पोखरामा पनि एमाले उम्मेदवार मञ्जु गुरुङले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ । गुरुङले ४१ हजार २ सय १९ मतका साथ अग्रता लिनुभएको हो । पोखरामा उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारले ३९ हजार ७ सय ४३ मत पाउनु भएको छ । अहिलेसम्म गुरुङ १४ सय ७६ मतले अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...