तीन महानगरमा उपमेयर जित्दै एमाले



हाम्रो इकोनोमि

 

 

काठमाडौंसहित तीन महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवारले पराकिलो अग्रता बनाएर जीतको नजिक पुगेका छन । काठमाडौं महानगरमा उपमेयरकी उम्मेदवार सुनिता डंगोलले त प्रतिस्पर्धी भन्दा तीन गुना बढी मत पाउनु भएको छ ।

यस्तै ललितपुर र पोखरामा पनि एमालेका उपमेयरका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन । तीन वटै महानगरमा मेयरमा भने एमाले उम्मेदवार पछि परेका छन । उपमेयरमा काठमाडौंमा सुनिताले ३८ हजार ३ सय ५१ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केवल १३ हजार ४ सय ३१ मत पाउनु भएको छ । उहाँ भन्दा सुनिताले २४ हजार ९ सय २० मत बढी पाउनु भएको छ ।

ललितपुर महानगरपालिकामा पनि एमालेकी मञ्जली शाक्य उपमेयरमा निकै अगाडि हुनुहुन्छ । शाक्य गठबन्धनका उम्मेदवार भन्दा ५ हजार मत बढी पाउनु भएको छ । एमालेकी मञ्जलीले १५ हजार ७ सय ६५ मत पाउनु भएको छ भने गठबन्धनका उम्मेदवारले १० हजार ८ सय ३४ मत पाएका छन । अहिलेसम्म मञ्जली ४ हजार ९ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै पोखरामा पनि एमाले उम्मेदवार मञ्जु गुरुङले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ । गुरुङले ४१ हजार २ सय १९ मतका साथ अग्रता लिनुभएको हो । पोखरामा उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारले ३९ हजार ७ सय ४३ मत पाउनु भएको छ । अहिलेसम्म गुरुङ १४ सय ७६ मतले अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...