भ्रस्टचारीलाई कारवाही गर्छु : बुढानिलकण्ठ मेयर मिठाराम अधिकारी



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले पहिलो संवोधन नगरपालिकामा हुने गरेको  भ्रस्टचारलाई प्रमुख मुद्दा बनाएका छन। बुढानिलकण्ठ नगरपालिकामा भएको जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले अख्तियार दुरुपयोग आयोग तर्फ संकेत गर्दै नगरपालिका कारवाही गर्ने निकायको निगरानीमा रहेकोले नराम्रो काम नगर्न आग्रह गरेका थिए ।

नगरपालिकाले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई कारवाही गर्ने बताउदै उनले कर्मचारी र जनप्रतिनिधिहरुका वारेमा  भ्रस्टाचारका विविध कुराहरु आफुले सुनेको बताएका थिए ।

बुढानीलकण्ठ भगवानको नाममा आफुले कसम खाएको भन्दै अधिकारीले  नगरपालिकामा हुने कुनै पनि कुसासन र गलत आचरणका कामहरु आफुलाई सह्य नहुने धारणा राखेका थिए ।

जनतालाई सहज सेवा दिनका लागि दिनरात नभनी २४ सै घण्टा जनताको सेवामा लाग्न सबै निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिदै अधिकारीले टिकट ल्याउन र चुनाव जित्न गरेको मेहेनत जस्तै उर्जा अवको दिनमा जनताको सेवा गर्नमा लाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...