भ्रस्टचारीलाई कारवाही गर्छु : बुढानिलकण्ठ मेयर मिठाराम अधिकारी



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले पहिलो संवोधन नगरपालिकामा हुने गरेको  भ्रस्टचारलाई प्रमुख मुद्दा बनाएका छन। बुढानिलकण्ठ नगरपालिकामा भएको जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले अख्तियार दुरुपयोग आयोग तर्फ संकेत गर्दै नगरपालिका कारवाही गर्ने निकायको निगरानीमा रहेकोले नराम्रो काम नगर्न आग्रह गरेका थिए ।

नगरपालिकाले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई कारवाही गर्ने बताउदै उनले कर्मचारी र जनप्रतिनिधिहरुका वारेमा  भ्रस्टाचारका विविध कुराहरु आफुले सुनेको बताएका थिए ।

बुढानीलकण्ठ भगवानको नाममा आफुले कसम खाएको भन्दै अधिकारीले  नगरपालिकामा हुने कुनै पनि कुसासन र गलत आचरणका कामहरु आफुलाई सह्य नहुने धारणा राखेका थिए ।

जनतालाई सहज सेवा दिनका लागि दिनरात नभनी २४ सै घण्टा जनताको सेवामा लाग्न सबै निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिदै अधिकारीले टिकट ल्याउन र चुनाव जित्न गरेको मेहेनत जस्तै उर्जा अवको दिनमा जनताको सेवा गर्नमा लाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...