विराटनगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीको विजय निश्चित



हाम्रो इकोनोमि

 

 

विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीको करिब जीत सुनिश्चित बनेको छ । कार्कीले निकै फराकिलो मतान्तर २१ हजार ३८३ सहित अग्रता कायम गरिरहेकी छन् । उपमेयरमा गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १ सय ४ मत मात्र पाएका छन् ।

बिराटनगर महानगरपालिकामा अव १४ हजार ३ सय ३७ मत मात्र गन्न बाँकी छ । कार्कीको अहिलेकै मतान्तर ९ हजार २ सय ७९ रहेको छ । त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा ६ हजार १४८ मतसहित अग्रस्थानमा छन् ।

अहिलेसम्ममा विराटनगरमा खसेको ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २४ हजार ५ सय ६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४ सय १५ मत खसेको छ ।उपमेयरमा कार्कीको मतान्तर निकै फराकिलो भएकाले जीत सुनिश्चित जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...