गोकुल बाँस्कोटाले जिताउन सकेनन आफ्नै पालिका



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा आफ्नै पालिकामा एमाले जिताउन असफल बन्नुभएको छ । बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा मेयर र उपमेयरमा एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनले जितेको छ ।

गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला वाइवाले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजीत गर्नुभएको हो । सापकोटाले ८३५१ मत पाउनु भएको छ ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाउनु भएको छ । मण्डन देउपुर नेकपा एमालेको गढ मानिन्थ्यो । तर यसपटक एमालेले आफ्नो गढ गठबन्धनलाई बुझाउन बाध्य हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...