मधेशकी प्रथम महिला मेयर रीना साह पुन : निर्वाचित



हाम्रो इकोनोमि

 

 

रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् । गत निर्वाचनमा मधेश प्रदेशको प्रथम महिला मेयर बनेकी साह दोस्रो कार्यकालका लागि अनुमोदन भएकी हुन् । बुधबार बेलुका सार्वजनिक भएको अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुनस् एक पटक किर्तिमान कायम गरेकी हुन् । त्यस्तै, मौलापुर नगरपालिकाको उपमेयर पदमा पनि गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नागेन्द्र राय यादव निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रकी उम्मेदवार रीना कुमारी साहलाई १ हजार ५ सय १० मतले पराजित गरेका हुन् । यादवले ४ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी साहले ३ हजार ४ सय ४ मत हासिल गरेका छन् ।

मौलापुर नगरपालिकाको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...