बूढानीलकण्ठमा एमालेले मेयर-उपमेयरसहित १० वडामा विजयी



हाम्रो इकोनोमि

 

 

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ । मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ ।

त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् ।

नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् । काठमाडौंका महानगरबाहेक १० नगरपालिकामध्ये अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जितिसकेको छ ।

एमालेले बूढानीलकण्ठ र टोखा नगरपालिका जितेको छ भने राप्रपाले शंखरापुरमा जित निकालेको छ । गणना भइरहेका चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरी मनहरामा कांग्रेसको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...