उपमेयरमा सुनिता डंगोललाई प्रतिस्पर्धीभन्दा चार गुना बढी मत



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई प्रतिस्पर्धीको भन्दा झण्डै चार गुना मत प्राप्त भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुनिताले निकै ठूलो मतान्तरमा अग्रता लिनुभएको हो ।

आयोगले ३५ हजार ८ सय ९४ मत गणना भइसकेको जानकारी दिएको छ । जसमध्ये उपमेयरमा एमाले उम्मेदवार सुनिताले १३ हजार ४ सय ८ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जम्मा ४१ सय १८ मत पाउनु भएको हो । उपमेयरमा राप्रपाका उम्मेदवारले २५ सय ५५ मत पाएका छन ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राख्नुभएको छ । साहले १३ हजार ८ सय ८८ मत पाउनु भएको छ । यस्तै एमालेका केशव स्थापितले ७ हजार ३ सय ६३ मत पाउनु भएको छ भने कांग्रेसकी सिर्जना सिंहले ६ हजार ४ सय ९४ मत पाउनु भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरमा १३ सय ३७ मत पुर्ण बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...