उपमेयरमा सुनिता डंगोललाई प्रतिस्पर्धीभन्दा चार गुना बढी मत



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई प्रतिस्पर्धीको भन्दा झण्डै चार गुना मत प्राप्त भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुनिताले निकै ठूलो मतान्तरमा अग्रता लिनुभएको हो ।

आयोगले ३५ हजार ८ सय ९४ मत गणना भइसकेको जानकारी दिएको छ । जसमध्ये उपमेयरमा एमाले उम्मेदवार सुनिताले १३ हजार ४ सय ८ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जम्मा ४१ सय १८ मत पाउनु भएको हो । उपमेयरमा राप्रपाका उम्मेदवारले २५ सय ५५ मत पाएका छन ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राख्नुभएको छ । साहले १३ हजार ८ सय ८८ मत पाउनु भएको छ । यस्तै एमालेका केशव स्थापितले ७ हजार ३ सय ६३ मत पाउनु भएको छ भने कांग्रेसकी सिर्जना सिंहले ६ हजार ४ सय ९४ मत पाउनु भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरमा १३ सय ३७ मत पुर्ण बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...