भरतपुरमा रेणुको भन्दा सुवेदीको ६१ मत बढी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन् । विजयले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ९ सय ३९ मत ल्याएकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १ सय ३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन् । मतगणना भइरहेको ४ नम्बर वडामा अघिल्लो निर्वाचनमा एमालेले ७ मतले वडा अध्यक्ष जितेको थियो । जारी मतगणनामा वडा अध्यक्षतर्फ भने कांग्रेसले अग्रता लिएको छ । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले ६ सय ३४ मत ल्याउँदा एमाले उम्मेदवारले ४ सय २८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...