मतगणनास्थल छोडेर बालेन शाह भक्तपुरमा



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणनास्थल राष्ट्रिय सभागृहमै थिए । हिजो रातभर त्यहीँ जाग्राम बसेका उनी आज भने अचानक भक्तपुर पुगेका छन् ।

मतगणनामा फराकिलो अग्रता लिइरहेका बेला उनी केही साथीभाईसहित भक्तपुर लागेका हुन् । उनी भक्तपुर नगरपालिकामा समेत छिरेका छन् । यसअघि उनी विभिन्न अन्तरवार्ताहरुमा भक्तपुर नगरपालिकाको चर्चा गर्ने गर्थे । उक्त नगरपालिकाको कार्यशैलीको प्रशंसा गर्दै आएका बालेन काठमाडौंको मेयर बन्ने सम्भावना बढ्दै जाँदा भक्तपुर नगरपालिका पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

तर, बालेनसँगै रहेका उनको टिमका सदस्य कुमार बेन भने आफूहरु कुनै राजनीतिक प्रयोजनले नभइ घुम्नका लागि मात्र आएको बताउँछन् ।
‘रातभरि अनिदो बसियो, आज पनि त्यहीँ भिड लाग्नुभन्दा यसो फ्रेस हुन भनेर आएका हौं,’ उनले भने, ‘सुर्यविनायक नवदुर्गा मन्दिरहरुतिर घुमिरहेका छौं ।’

बालेन नगरपालिकाको कार्यालयमा प्रवेश गर्नुको अभिप्राय पनि कसैसँग भेटघाट गर्नु नभएको बेनले जानकारी दिए ।‘पिशाब लागेर नगरपालिकाको शौचालयमा जानुभएको मात्र हो,’ उनले भने ।

भक्तपुर नगरपालिका–२ व्यासीस्थित नगरपालिकाको कार्यालयमा पुग्दा नेपाल मजुदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेका कान्छा भाइ योगेन्द्र विजुक्छेसँग उनको भेट भएको थियो । योगेन्द्र हाल भक्तपुर नगरपालिका–५ का वडा अध्यक्ष उम्मेदवार छन् । यस्तै, भक्तपुर–५ मा नेमकिपाबाट विजयी वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्यसँग पनि बालेनको भेटघाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...