टोखा नगरपालिका २ को वडा अध्यक्षमा एमालेका धर्मेन्द्र श्रेष्ठ निर्वाचित



हाम्रो इकोनोमि

 

 

काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ । टोखा नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

भर्खरै प्राप्त मतपरिणामअनुसार श्रेष्ठले १ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका माइला डंगोलले ९८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, टोखा १ कांग्रेसका विमल लामिछानेले जितेका छन् भने टोखा ३ मा एमालेका रमेश डंगोल जितको नजिक छन् । त्यस्तै, टोखा ४ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...