पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमिति मा निर्वाचित



हाम्रो इकोनोमि

 

 

 

नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्याशिफिक एशिया ट्राभल एसोशिएसन ९पाटा० को ७१औं साधारण सभाबाट सचिवरकोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । पाटा नेपाल च्याप्टरको पूर्व अध्यक्ष समेत रहनु भएका श्री पाण्डे यस अघि अक्टोबर २०२० मा पहिलो पल्ट मतदान मार्फत सोहि पदमा निर्वाचित हुनुको साथै आगामि २ वर्षका लागि हुने दोश्रो कार्यकाल भने निर्बिरोध निर्वाचित हुनु भएको छ ।

साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटल, रेष्टोरेन्ट, लगायत तीन दशक भन्दा बढी विभिन्न विधामा संलग्न रहनुका साथै ट्रेकिङ एजेन्टस एसोशिएसन अफ नेपाल ९टान० को अध्यक्ष, एयरलाईन अपरेर्टस एसोशिएसन ९आवान० को महा(सचिव, नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्य समितिको सदस्य लगायत बिभिन्न व्यावसायिक नेतृत्वमा संलग्न रहनु भएका सुमन पाण्डे सम्मिलित पाटा कार्यसमितमा हाल टिमोर लिस्ते मा कार्यरत ब्रिटिस नागरिक पिटर सिमोन अध्यक्ष तथा ताईवानका बेन लिआवो उपाध्यक्ष निर्वाचित हुनु भएको छ ।

सन १९७५ देखि नेपाल पाटाको सदस्य रही आएको र नेपाली पर्यटनलाई अन्तराष्ट्रिय प्रसारण लगायत योजना, प्रबद्र्धन, पर्यटकिय सामग्रि, संकट निवारण लगायत विभिन्न क्षेत्रमा पाटा संग नेपालको सहकार्य भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...